सर्वोत्तम सिमेन्टको आईपीओ खुल्दै : न्यूनतम ६० कित्ताका लागि आवेदन दिनुपर्ने

सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङ सिस्टममार्फत ६० लाख कित्ता बराबरको आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले आफ्नो चुक्ता पुँजीको १५ प्रतिशत अर्थात् ६० लाख कित्ता सेयर संस्थागत लगानीकर्ता, स्थानीय जिल्लावासी र कर्मचारी तथा अन्य सर्वसाधारणका लागि आईपीओको रुपमा जारी गर्ने भएको हो ।

कम्पनीका अनुसार कुल ६० लाख कित्ता सेयर मध्ये २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्ताका लागि, ८ लाख कित्ता स्थानीय जिल्लाबासीका लागि र बाँकी २८ लाख कित्ता सेयर कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएको हो ।

पहिलो पटक बुक बिल्डिङ मार्फत आईपीओ जारी गर्न लागेको कम्पनीले आईपीओको प्रति कित्ता सेयर मूल्य कम्तिमा ७ सय ५० रुपैयाँ रहने जनाएको छ ।

कम्पनीको आन्तरिक मूल्याङ्कनका आधारमा न्यूनतम सेयर मूल्य ७ सय ५० हुने अनुमान गरिएकोमा संस्थागत योग्य लगानीकर्ताहरुद्वारा बोलकबोल विधिबाट अझ बढ्ने सक्ने जनाएको छ ।

सिमेन्टको आईपीओमा लगानीकर्ताले न्यूनतम ६० कित्ता सेयरका लागि आवेदन दिनु पर्ने बताइएको छ ।

कम्पनीको आईपीओ जारी गर्ने क्यापिटल मर्चेटनको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह-व्यवस्थापकमा एनआईबीएल एसीई क्यापिटल र प्रभु क्यापिटल रहेका छन् ।

६० लाख कित्ता सेयर जारी गरिसकेपछि कम्पनीको चुक्तापुँजी कुल ४ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

TOP