के हो सेरोगेसी ? २४ वर्षमै सेरोगेट आमा बनेकी एक महिलाको कथा

आधुनिकताको विकाससँगै सेरोगेसीको चलन बढ्दै गइहेको छ। विकसित मुलुकमा मात्र होइन, नेपालमा पनि सेरोगेसीको चलन बढ्दो छ ।

के हो सेरोगेसी ?

अरुको गर्भ भाडामा लिएर बच्चा जन्माउने प्रकृयालाई सेरोगेसी भनिन्छ ।

सेरोगेसीलाई गर्भ भाडामा लिने प्रकृया पनि भनिन्छ । विश्वका चर्चित कलाकारहरुले सेरोगेसीबाट बच्चा जन्माएका थुप्रै उदाहरण छन् ।

सरोगेट गर्न आमा कसरी छान्ने? यो कति गाह्रो हुन्छ ? बच्चा जन्माएपछि सरोगेट आमाको कुनै भुमिका हुन्छ कि हुँदैन ? भन्ने थुप्रै प्रश्न आममानिसको मनमा उठ्ने गर्दछन् ।

सामान्यतय, सरोगेसीका लागि महिला आफ्नो या आफ्नो डोनरको एग्स माध्यबाट अरुको लागि गर्भवति हुन्छन् ।

बच्चा जन्सिकेपछि सरोगेट आमाको त्यो बच्चासँग कुनै पनि सम्बन्ध हुँदैन । तर कुनै सरोगेट आमा यस्तो पनि हुन्छन्, बच्चा जन्मिसकेपछि पनि त्यो परिवारसँग उनीहरुको सुमधुर सम्बन्ध हुन्छ ।

२४ वर्षको उमेरमा सरोगेट आमा बनेकी एम्बाले बीबीसीसँग आफ्नो अनुभव सुनाएकी छन् ।

उनी आफ्नो बच्चा हुनुभन्दा पहिले अरुको बच्चाको आमा बन्न चाहन्थिन् ।

उनि भन्छिन्, ‘मलाई अरुको बच्चाको आमा बन्न राम्रो लाग्छ ।’ एम्बाको आफ्नो पनि तीन वर्षको सन्तान छन् ।

अम्बा एक युवा सरोगेट आमा हुन् । उनले मार्च २०२० मा एक जोडी केविन र एकी को लागि सेरोगेसीबाट बच्चा जन्मदिएकी थिइन् ।

उनले जन्मदिएकी बच्चीको नाम मिया हो । उनी एवर्षकी भैसकेकी छन् ।

एम्बाका अनुसार उनी त्यो जोडीसँग एक एपको माध्यमबाट मिलेकी थिइन् ।

जुन एपले आमाबुबा हुन चाहने जोडी र सेरोगेसीबाट बच्चा जन्माउने आमालाई मिलाउने काम गर्छ ।

एम्बा भन्छिन्, यो एपले एक किसिमको एजेन्टको काम गर्छ जो बच्चा जन्माउनका लागि काम गर्छ ।

यो एपमा आफ्नो प्रोफाइलको हिसाबसँग दायाँबायाँको विकल्प छान्न सकिन्छ । यो एपमा मानिसहरु स्पर्म डोनर, एग्स डोनर र सरोगेट्सको खोजी गर्छ ।

उनी भन्छिन्, ‘यहि माध्यमबाट मलाई धेरै जनाले सम्र्पक गरेका थिए तर सबैभन्दा पहिला एकीले म्यासेज गरेकी थिइन् । त्यसपछि हाम्रो कुरा अगाडि बढ्यो ।’

एम्बाका अनुसार तीन हप्तापछि केविन र एकी उनलाई भेट्न आए ।

उनीहरु बाहिर लन्च गर्न गए । घण्टौं कुरा गरे । एम्बाका अनुसार उनीहरु अहिले तीनै जना राम्रा साथी बनिसकेका छन् । उनी भन्छिन्, ‘मलाई उनीहरुलाई आफ्नो परिवारजस्तै लाग्छ।’

केविन, एकी र एम्बा यूके सरोगेसी नामक एक संस्थाका सदस्य हुन् । उनीहरु सरोगेसी र हुनेवाला आमाबुबाहरुबीच एक आपसमा दोस्ती बढाउने सल्लाह दिन्छन् ।

एम्बा भन्छिन्, ‘हाम्रो केसमा हामी साँच्चिकै यस्तै भएको छ । हामी तीन जना राम्रो साथी भएका छौँ । एक अर्कालाई सधै म्यासेज गर्ने गछौँ । हामीसँग समय भएसम्म भेट्ने कोसिस गर्छौँ ।’

सेरोगेसीको माध्यमबाट जन्मिएकी छोरी मिया र एम्बाका छोरा एक अर्कासँग निकै मिल्ने गर्दछन् ।

समय आएपछि मियालाई उनी यो दुनियाँमा कसरी जन्मिन् भन्ने बास्तविकता बताउने एम्बाबे जानकारी दिइन् ।

‘केविन र एकी इमान्दार र खुल्ला विचारका मानिस हुन्, मियालाई कुनै पनि दुख नहोस् भन्ने मेरो चाहना छ । उनी अलि ठुली भएपछि हामीले उनलाई सबै कुरा भन्ने छौँ’ उनी भन्छिन् ।

एम्बा भन्छिन्, ‘मैले आफ्नो छोरा जैकाबलाई पनि भनेको छु कि म एक सरोगेट आमा हुँ भनेर ।’

अहिले एम्बाको छोरालाई लाग्छ कि केविन र एकी उनीसँग खेल्नको लागि मात्र आउने गर्छन् । ‘तर उ ठुलो भएपछि हामी तीन जनाको सम्बन्धको यथार्थ छोरालाई बताउँने छु,’े उनले भनिन् ।

एम्बा भन्छिन्, ‘सरोेगेसी बन्दा एग्स मेरो प्रयोग गरिएको थियो । त्यो प्रकृया अनुसार त मियाको आमा म हो तर मैले त्यसो गरिन । मिया एम्बालाई आन्टी भनेर सम्बोधन गर्छिन् ।

सरोगेट आमा बन्ने फैसलाप्रति उनका साथीहरुको सहयोग मिलेको भएपनि उनको परिवारले भने विरोध गरेका थिए ।

एम्बा भन्छिन्, ‘मेरो आमालाई लागेको थियो मैले कुनै जोखिमयुक्त काम गरिरहेको छु । आमाले यो सबैलाई समयको बर्बादी ठान्नु भएको थियो ।’

उनको आमाले भनेकी थिइन्, ‘अरुको लागि गर्भवति भएर किन दुख पाउछौ ?’ तर अहिले अवस्था बदलिएको छ उनको । आमाले मियालाई धेरै माया गर्छिन् । एम्बाको आमालाई सेरोगेसीलाई लिएर मानिसहरु अनेक प्रश्न गर्ने गर्दछन् ।

एम्बा ब्रिटेनकी हुन् । त्यहाँ सरोगेट आमाले कुनै पनि रकम पाउँदैनन् । गर्भवतिको बेलामा लाग्ने खर्च मात्र आमाबुबा बन्न लागेका जोडीले व्यहोर्ने गर्दछन् ।

ब्रिटेनमा सरोेगेटबाट बच्चा जन्माउनेलाई कानूनी आमाबुबा मान्छ । जबसम्म आफैले कानूनी रुपमा बच्चा ट्रान्सफर गर्दैन ।

कुनै कुनै सरोगेट आमाहरुले क्लाइन्टलाई बच्चा दिन मान्दैनन् । त्यही कारणले गर्दा कानुन बदल्ने प्रस्ताव ल्याएको छ । त्यसपछि सरोगेसी गर्ने आमाबुबाका बच्चा कानूनी आमाबुबा हुनेछन् ।

यूकेमा कतिपय मानिसहरु सेरोगेसीलाई गैर कानूनी घोषणा गर्नुपर्ने माग गर्दै आइरहेका छन् ।

एम्बा भन्छिन्, सेरोगेसीको आलोचना गर्नेहरुले सायद इन्फिटिलिटिको अनुभव गरेका छैनन् । या उनीहरुलाई थाहा नै छैन, जसले यो समस्या भोगेका छन् कि उनीहरु कस्ता महसुस गर्छन् भनेर ।

एम्बाका अनुसार सरोगेसी एक राम्रो विकल्प हो । मौका मिल्यो भने फेरि उनलाई सरोगेट आमा बन्ने इच्छा छ ।

एम्बालाई पछिल्लो समय यहि संस्थाको माध्यमबाट धेरै आमाबुबा बन्न चाहनेहरुले सम्पर्क गरिसकेका छन् । तर कोरोना भाइरसको कारणले गर्दा उनले अहिले हतार गरेकी छैनन्

(आजतकबाट भावानुवाद गरएिको )

प्रतिक्रिया

TOP