
काठमाडौँ । वसन्तपुर हनुमानढोकामा तीन खण्डे चीर ठड्याइएसँगै यस वर्षको फागु पर्व अर्थात होली सुरु भएको छ ।
आज विहान ८ बजेर २६ मिनेटको साइतमा हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा रंगीविरंगी ध्वजापताकासहितको ३२ फिट अग्लो तीनखण्डे चीर ठड्याइएको हो ।
योसँगै देशभर औपचारिक रुपमा फागु पर्व सुरु भएको छ ।
प्रतिक्रिया