लागूऔषधसहित ५ जना पक्राउ

काठमाडौँ ।
कञ्चनपुरमा लागुऔषधसहित ५ जना पक्राउ परेका छन्। बेदकोट नगरपालिका १० दैजी बजारबाट शनिबार राति उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बेदकोट १० बस्ने २२ वर्षीय सुनिल साहु, २४ वर्षीय हेमन्त धामी, २२ वर्षीय रामचन्द्र राना, २० वर्षीय उमेश डंगौरा र २० वर्षीय सुरज राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उनीहरुको साथबाट लागुऔषध चरेश १ दशमलव।२४ ग्राम, ब्राउन सुगर, ८ दशमलव ४५ ग्राम बरामद गरेको छ।

प्रतिक्रिया

TOP