
मनाङ : मनाङमा शनिबार दिउँसो भएको ट्रक दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । एकै परिवारका तीन जनासहित ६ जनाको शनाखत भएको प्रहरीले जनाएको छ । तीन जनाको घटनास्थलमा र तीन जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
मनाङको नासों गाउँपालिका ४, खोत्रोमा ट्रक मर्स्याङ्दीमा खसेको थियो ।
बेंसीसहरबाट सिमेन्ट बोकेर मनाङ सदरमुकाम चामे जाँदै गरेको ध१ख ५९२ नम्बरको ट्रक ब्रेक फेल भएपछि नदीमा खसेको हो ।
मनाङको नासों गाउँपालिका वडा नम्बर ४ की ३५ वर्षिया मनिषा गुरूङ, ३० वर्षिया जलकाशी गुरूङ र मनिषाका छोरा डेढ वर्षिय लियोन गुरूङको घटनास्थलमै मृत्यु भएको हो।
घाइतेमध्ये मनाङको चामेका २८ वर्षिय राजु विक र लमजुङ मर्स्याङ्दी खोरियाखेतका २१ वर्षिय लक्ष्मण नेपालीलाई पचारका लागि लैजाँदै गर्दा लमजुङमा शनिबार बेलुकी निधन भएको थियो।
यस्तै नासों गाउँपालिका १ तालका ३ वर्षिय थियोन गुरूङको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले बताएको छ। गम्भीर घाइते दुई जनाको उपचार जारी रहेको उनले बताए।
प्रतिक्रिया