
काठमाडौं : नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले मुलुकको राजनीतिलाई सर्पसँग तुलना गरेका छन् ।
उनले विषालु र विषरहित सर्प हुने भएपनि नेपालमा भने विष नभएका सर्पको विगविगी रहेको बताए ।
सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अहिले देशमा पनिया सापको रजगज छ । तर त्यसले टोक्दैन, टोके पनि विष लाग्दैन। को डराओस् ’
उनले सर्पसँग आफ्नो बाल्यकाल स्मरण गरेका छन् ।
‘विषरहित सर्पहरू पनि देखिन्थे तर मलाई सबै सर्प देख्दा खुबै डर लाग्थ्यो। पानीमा तैरिने जताततै देखिने सर्पलाई पनिया सर्प भन्थ्यौँ,’ उनले लेखेका छन्, ‘विष नभएकोले थारू केटाहरूले पानी सर्प च्याप्प पुच्छर समातेर हाम्रो अगाडि तर्साउन ल्याउथे। हामी डराएर भाग्थ्यौँ , सर्प समात्ने थारू केटाहरू मरिमरि हाँस्थे।’
उनको स्टाटस
सर्प दुई प्रकारका हुन्छन्- विषालु र विषरहित।
म तराईमा हुर्केको मान्छे, सर्पहरूको खुबै फेला पर्थेँ। अहिले त पर्यावरण नास गरिसके, सर्प देखिदैनन्। मेरो बाल्यकालमा जता पनि सर्पै सर्प देखिन्थ्यो। आफ्नै घरभित्र खतरनाक विषालू करेत सर्प कुनामा चुपचाप बसेको समेत भेटिन्थ्यो ।
अध्यारोमा कतै खुट्टाले टेक्यो भने डस्ने डर र डस्यो भने सर्पकले टोकेको औषधी नपाई मर्ने डर हुन्थ्यो। नजिकका गाउँमा बेला बेलामा सर्पले टोकेर मान्छे मरेको समाचार सुनिन्थ्यो।
गोमन सर्प हेर्दा डरलाग्दो, फँडा उठाउदा सातो जान्थ्यो, रिसाहा जस्तो तर त्यो सर्प डरछेरूवा पनि हो, भाग्छमान्छे देख्यो भने । तर उसलाई कसैले हानी पुर्याउन लाग्यो वा जिस्कायो भन्ने लाग्यो भने मान्छेलाई लखेट्ने पर्न गर्थ्यो।
गोमन पनि डरालाग्दो विषालू सर्प हो। विषालू सर्प पनि दुई प्रकारका हुन्छन्- दिमाग चट पार्ने र मुटुको गति रोक्ने विष फरक हुदारहेछ।
करेतले दिमागमा असर पार्छ भने गोमनको विषले मुटुलाई संकटमा पार्दोरहेछ। त्यसैले ती दुई सर्पको विषको औषधी पनि फरकफरक हुदोरहेछ।
विषरहित सर्पहरू पनि देखिन्थे तर मलाई सबै सर्प देख्दा खुबै डर लाग्थ्यो। पानीमा तैरिने जताततै देखिने सर्पलाई पनिया सर्प भन्थ्यौँ।
विष नभएकोले थारू केटाहरूले पानी सर्प च्याप्प पुच्छर समातेर हाम्रो अगाडी तर्साउने ल्याउथे।
हामी डराएर भाग्थ्यौँ , सर्प समात्ने थारू केटाहरू मरिमरि हास्थे।पानी सापले टोक्दैन, टोके पनि विष लाग्दैन भन्ने थाहा हुदाहुदै पनि डर लागेकोमा आफै अचम्म हुन्थेँ किन होला भनेर!
अहिले देशमा पनिया सापको रजगज छ । तर त्यसले टोक्दैन, टोके पनि विष लाग्दैन। को डराओस्!
प्रतिक्रिया