नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझ्न देउवा पुगे नर्भिक

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वमन्त्री एवं कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझेका छन् ।

देउवा शनिबार साँझ नर्भिक अस्पताल पुगेर जोशीको स्वास्थ्य अवस्था बुझेका हुन् ।

उनले जोशीकी आमा, उनकी धर्मपत्नी लगायत परिवारका सदस्यलाई भेटेका छन् ।

देउवासँगै कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह पनि अस्पताल पुगेका थिए ।

कांग्रेस नेता जोशी मस्तिष्कघात भएर नर्भिक अस्पताल भर्ना भएका हुन् ।

उनको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

चिकित्सकले जोशीको अवस्था स्थिर रहेको बताएका छन् ।

प्रतिक्रिया

TOP