मर्स्याङ्दीमा ट्रक दुर्घटना : मृतकको संख्या ५ पुग्यो (अपडेट)

मनाङ : मनाङमा आज दिउँसो भएको ट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । एकै परिवारका तीन जनासहित पाँच जनाको शनाखत भएको प्रहरीले जनाएको छ ।

मनाङको नासों गाउँपालिका ४, खोत्रोमा ट्रक मर्स्याङ्दीमा खसेको थियो ।

बेंसीसहरबाट सिमेन्ट बोकेर मनाङ सदरमुकाम चामे जाँदै गरेको ध१ख ५९२ नम्बरको ट्रक ब्रेक फेल भएपछि नदीमा खसेको हो ।

मनाङका डीएसपी सुवास खड्काका अनुसारका अनुसार दुर्घटनामा परेर मनाङको नासों गाउँपालिका ४, ओडार गाउँका ७ वर्षीय लिउन गुरुङ, ३५ वर्षीया मनिषा गुरुङ र २६ वर्षीया जलकाशी गुरुङको मृत्यु भएको हो।

मृतक लिउन मनिषाको छोरा हुन्। मनिषा र जलकाशी दिदीबहिनी हुन्।

त्यस्तै मृत्यु हुनेमा राजु विक र लक्ष्मण नेपाली रहेका छन्। नेपाली गाडीका सहचालक हुन् ।

विक र नेपालीको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

ट्रकका चालक लमजुङका सुमन तामाङ, नासों गाउँपालिका अन्दाजी ६/७ बर्षीय थिउन गुरुङ र चामे गाउँपालिका ४ का २५ वर्षीय धनमान विश्वकर्मा घाइते भएका छन्।

घाइतेको बेंसीसहरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

TOP