
नेकपा एमालेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय भएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले हाल कायम रहेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।
हाल एमालेमा २६४ सदस्यीय केन्द्रीय समिति रहेको छ ।
ज्ञवालीले महाधिवेशन आयोजक कमिटीमा अध्यक्ष स्वतः अध्यक्ष केपी शर्मा ओली र महासचिवमा ईश्वर पोखरेल रहेका छन् ।
अन्य पदाधिकारी आवश्यकता अनुसार अर्को बैठकले चयन गर्ने उनले बताए ।
यस्तै आयोजक समितिमा रहेका सदस्यहरुको कार्यविभाजन गर्न संगठन विभाग प्रमुख विष्णु पौडेल, नेताहरु टोपबहादुर रायमाझी र शंकर पोखरेल रहेको एक समिति बनाइएको छ ।
प्रतिक्रिया