
काठमाडौं : नेपाल कम्यूनिष्ट पार्टी (एमाले) ले पाँच नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
पार्टीमा समानान्तर गतिविधि गरेको, नेतृत्वलाई बद्नाम गर्ने काम गरेको भन्दै बरिष्ठ नेता माधव कुमार नेपालसहित पाँच नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।
बालुवाटारमा शनिबार बसेको अध्यक्ष केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल र नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
उनीहरुमाथि पार्टीहितविरुद्ध काम गरेको तथा पार्टी नेतृत्व र सरकारलाई बद्नाम गराउन गुटगत भेला गरेको आरोप छ ।
ओलीको कारवाहीको सूचीमा बरिष्ठ नेता झलनाथ खनालको नाम भने छैन ।
त्यस्तै नेपाल समूहका नेता योगेश भट्टराईलाई पनि स्पष्टिकरण सोधिएको छैन ।
प्रतिक्रिया