
एजेन्सी : विश्वको सबैभन्दा खुसी देशको सूचीमा फिनल्याण्ड अग्रस्थानमा देखिएको छ।
संयुक्त राष्ट्रसंघले गरेको अध्ययनले फिनल्याण्ड विश्वकै सबैभन्दा बढी खुसी भएको राष्ट्रका रुपमा देखिको हो।
यस्तै डेनमार्क दोस्रो, स्वीट्जरल्याण्ड तेस्रो र आइसल्याण्ड, नेदरल्याण्ड, नर्वे, स्वीडेन, लक्जमवर्ग, न्युजिल्याण्ड र अष्ट्रिया क्रमशः चौथौँ देखि दशौं स्थानसम्म रहेका छन्।
बर्ल्ड हेप्पीनेस रिपोर्टमा फिनल्याण्ड लगातार चौथो पटक पहिलो स्थानमा परेको छ। त्यस्तै अमेरिका ५ वर्षमा पहिलो पटक १३ औँ स्थानमा परेको छ।
अध्ययनमा १४९ देश सामेल थिए । जसमा त्यहाँका नागरिकलाई खुसीको रेटिङ गर्न भनिएको थियो ।
रेटिङका लागि सामाजिक जीवन, व्यक्तिगत स्वतन्त्रता, जीडीपी, भ्रष्टाचारजस्ता सूचकहरु राखिएका थिए।
नेपालको अवस्था दक्षिण एसियाली मुलुकमै पहिलो स्थानमा रहेको छ । नेपाल सूचीको ८७ औं स्थानमा परेको छ।
त्यस्तै माल्दिभ्स ८९ औं स्थानमा, बंगलादेश १०१, पाकिस्तान १०५, श्रीलंका १२९ र भारत १३९ औं स्थानमा रहेको छ। भुटान अध्ययनमा समेटिएको छैन ।
प्रतिक्रिया