बामपन्थी दलको प्रधानमन्त्री बन्नुपर्छ भन्ने पक्षमा हामी छौं : नेपाल

काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले बामपन्थी दलकै नेता प्रधानमन्त्री हुनुपर्ने पक्षमा आफू रहेको बताएका छन् ।

पार्टी अध्यक्ष एवं केपी शर्मा ओलीविरुद्ध उभिदै आएका नेता नेपालले बामपन्थी दलको विकल्पमा अरु प्रधानमन्त्री बन्नुपर्छ भन्ने पक्षमा आफू नरहेको स्पष्ट पारे ।

माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच सरकार गठनको चर्चा भइरहेका बेला एमाले बरिष्ठ नेता नेपालले बामपन्थी दलको विकल्प खोज्न नहुनेमा जोड दिए ।

आज काठमाडौंमा आफू निकट युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘म बामपन्थीकै सरकार बन्नुपर्दछ भन्ने पक्षमा छु । अहिलेकै सरकार बलियो बनोस् भन्ने मेरो चाहना हो तर त्यसका लागि प्रधानमन्त्री अ‍ोलीले गलत प्रवृत्ति त्याग्नुपर्छ ।’

प्रतिक्रिया

TOP