ओलीसँग मेरो मायाप्रीति ४८ वर्षदेखिको हो, एकैरातमा तोडिँदैन : नेपाल

काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्न चाहिरहेको बताएका छन् ।

उनले पार्टीमा विवाद देखिए पनि एमालेबाट नछुट्टिने स्पष्ट पारे ।

पार्टीलाई विधान अनुसार अगाडि बढाउन र एकतावद्ध रुपमा अगाडि लैजान खोजेको बताए । उनले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टिन नचाहेको बताए ।

‘हामी केपी ओलीसँग छुट्टिने पक्षमा छैनौं । उहाँसँग मेरो मायाप्रिती लामो छ । ४८/४९ वर्ष पुरानो हो । कहाँ एकै रातमा छुट्टिने कुरा हुन्छ ?,’ उनले भने, ‘पार्टी विधान अुनसार चल्नुपर्यो । हाम्रो भनाई यत्ति हो ।’

प्रतिक्रिया

TOP