म्यान्मारमा सैनिक शासकद्वारा बीबीसीका पत्रकार आङ् थुरा पक्राउ

म्यान्मारमा सुरक्षा फौज तथा सैन्य शासनको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूबीच झडपहरू भइरहँदा बीबीसी बर्मिज सेवाका पत्रकार आङ् थुरालाई पक्राउ गरिएको छ।

राजधानी नेपिद्अमा एउटा अदालतबाहिर रहेर समाचार सङ्कलन गरिरहेका बेला उनलाई सादा पोशाकमा आएका पुरुषहरूले लिएर गएका हुन्।

बीबीसीद्वारा चिन्ता व्यक्त

उनलाई पक्राउ गरिएकोप्रति बीबीसीले गम्भीर चिन्ता व्यक्त गर्दै अधिकारीहरूलाई उनको खोजखबरमा सहयोग गर्न आग्रह गरेको छ।

देशका कैयन् भागमा भइरहेका पछिल्ला विरोध प्रदर्शनहरूका क्रममा कम्तीमा आठ जनाको ज्यान गएको बताइएको छ।

प्रतिक्रिया

TOP