
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्व क्षमतामाथि प्रश्न उठाएका छन् ।
उनले तीन वर्षको अवधिमा दुवै नेताको नेतृत्व क्षमता जाँच्ने अबसर पाइएकोसमेत बताए ।
उनले प्रचण्डलाई १० नम्बर र ओलीलाई शून्य अंक दिन सकिने टिप्पणी पनि गरे ।
गौतमले ओली-प्रचण्ड फरक–फरक पृष्ठभूमिबाट आएपनि नेतृत्व क्षमता राम्रो देखाउन नसकेको टिप्पणी गरेका हुन्।
दुवै नेतामा जालझेल र तिकडम देखिए पनि ओलीमा जति अरु कुनै नेतामा नदेखिएको समेत गौतमले आरोप लगाए।
एकताको एक वर्षसम्म पार्टी राम्रैसँग चलेपनि २ वर्षमा पार्टी कमिटी लथालिङ र अराजकतामा भएको उनले बताए।
प्रतिक्रिया