
काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई तत्काल हटाइहाल्नुपर्ने बताएका छन् ।
उनले अहिले कोसँग सत्तासमीकरण गर्ने भन्दा पनि गणतन्त्रको गर्धनमा झुण्डिएका ओलीलाई हटाउन लाग्नुपर्ने बताएका हुन् ।
‘ऐलेको यक्षप्रश्न कोसँग सत्तासमीकरण गर्ने वा कोबाट तत्काल बढी लाभ लिने भन्ने हुँदै होइन,’ उनले ट्वीटरमा लेखेका छन्, ‘अपितु अधूरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्गप्रसादरुपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्ने हो । अगाडि आएको बाघलाई पहिले लघारौँ । पछाडिका स्यालसँग लड्दै गरौँला । कुनै गल्ती नगरौँ ।’
प्रतिक्रिया