२ सय ३५ जना उद्योगपति एमालेमा प्रवेश, ओलीले गरे स्वागत

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स मारवाडी संघ लगायतका २ सय ३५ भन्दा बढी उद्योगी ब्यवसायी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले प्रवेश गर्नेमा उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधान समेत छन् ।

यस्तै गोल्छा अर्गनाइजेशनका सन्चालक तथा दिवाकर गोल्छाका छोरा हितेश गोल्छा पनि एमाले प्रवेश गरेका छन् ।

त्यस्तै उद्योगी ललित अग्रवाल, नेपाल टेलिभिजनका पूर्व अध्यक्ष सिताराम अग्रवाल, कृष्ण प्रसाई लगायत एमाले प्रवेश गरेका छन् ।

विशाल बजार सन्चालक समितिका अध्यक्ष नरेन्द्र गुप्ता, ओमप्रकाश बंशल, जुगल किशोर धनावत लगायत विशेषगरि मारवाडी समुदायका व्यवसायी एमाले प्रवेश गरेका छन् ।

उनीहरुलाई प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोति दुगडको अगुवाईमा एमाले प्रवेश गराइएको हो ।

एमाले प्रवेश गर्नेलाई अध्यक्ष केपी शर्मा ओली र महासचिव इश्वर पोखरेलले खादा र माला लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया

TOP