
चितवन । कालिका नगरपालिका – ८ भोर्लाघारीस्थित सडकमा ‘अनटेष्ट’ लेखेको ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ ।
शुक्रबार बिहान ना २१ प ३७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक सोही ठाउँ बस्ने २८ वर्षीया गंगा मगरको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनालगत्तै फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया