२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
डीआरएस बन्यो कानूनी रुपमा दर्ता हुने नेपालकै पहिलो पब्जी टिम
नेपालमञ्च संवाददाता
२०७७ चैत्र ५ बिहीबार
  •  
  •  
  •  
  •  

128

काठमाडौं । ‘द रियल्स सोल्जर्स’ (डीआरएस) गेमिङ कानूनी रुपमा दर्ता हुने नेपालकै पहिलो पब्जी टिम बनेको छ ।

नेपालमा आधिकारिक रुपमा दर्ता भएर पब्जी तथा ईगेमिङलाई व्यावसाियक रुपमा अगाडि बढाउन तम्सेको हो ।

यसक्रममा नेपालकै चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्दका संस्थापक भिक्टर पौडेल समेत यो टिममा जोडिएका छन् ।

लगानी सहित भित्रिएका उनी टिमको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा रहेका छन् ।

‘विश्वमा पछिल्लो समय अनलाइन गेमिङले एकदमै राम्रो गरिरहेको छ,’ सीईओ पौडेलले भने, ‘त्यसैले नेपालमा पनि यसलाई व्यवसायिक रुपमा अगाडि बढाउन खोजेका हौं ।

पब्जीलाई मात्र नभएर हामी फिफा, काउन्टर स्टाइक जस्ता अरु अनलाइन गेमिङलाई समेत साथ दिने गरी अगाडि बढ्छौं ।’

पौडेलका अनुसार डीआरएसमा अनुबन्धित खेलाडीहरुको पारिश्रमिक र सेवा सुविधा फुटबल तथा क्रिकेट खेलाडीहरुको भन्दा कम नभएको दाबी गरे ।

यद्यपी उनले पारिश्रमिकको विषय स्पष्ट रुपमा खुलाउन भने चाहेनन् ।

सन् २०२० मा अशेष राई र रिजन खत्रीले स्थापना गरेको यो पब्जी टिम पहिलो वर्षमै पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपको यात्रा तय गर्न सफल भइसकेको छ । उक्त प्रतिस्पर्धामा टोलीले २० औं स्थान प्राप्त गरेको थियो ।

त्यस अघि डीआरएस राष्ट्रिय विजेता तथा साउथ एसियन चरणमा दोस्रो स्थान ओगट्न सफल भएको थियो ।

स्थापनाको ८ महिनामै अन्तर्राष्ट्रिय रुपमा परिचित यो टोलीले ४१ लाख रुपैयाँभन्दा बढीको पुरस्कार प्राप्त गरिसकेको छ ।

कार्यक्रममा बोल्दै कलाकार दीपकराज गिरिले रातभर गेम खेलेर छोरो बिग्रिने चिन्ता रहेकोमा अब भने आफू ढुक्क भएको बताए ।

‘मलाई यो बिग्रिने कुरा मात्र हो भन्ने लाग्थ्यो,’ उनले भने, ‘तर डीआरएसको कुराले यसबाट पैसा कमाई गर्न सकिन्छ र व्यवसायिक रुपमा अगाडि बढ्न पनि सकिन्छ भन्ने लाग्यो ।’

डीआरएस कम्पनी रजिस्टारमा आधिकारिक रुपमा दर्ता भएसँगै पाँच जना खेलाडीलाई समेत अनुबन्ध गरेको छ ।

जसमा युगेन लामा (निन्जा), अजय श्रेष्ठ (एजे), निमा तामाङ (निमा), पेम्बा ग्याल्जेन लामा (ग्याल्जेन), अञ्जन राई (एआरबोरो) रहेका छन् ।

सङ्गिन भट्टराई टोलीको व्यवस्थापकको रुपमा रहेका छन् ।

टोलीका खेलाडीहरुलाई आवश्यकता अनुसार विदेशी प्रशिक्षकबाट समेत विशेष प्रशिक्षण गराइने बताइएको छ ।

भर्खरै