
काठमाडौं : सरकारले महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई नियुक्ति गरेको छ ।
महान्यायाधिवक्ता अग्नि खरेलले आजै पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीेले बडाललाई नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् ।
बडाल नेपाल बार एशोसियशनको उपाध्यक्षमा निर्वाचनलडेका थिए । उनी ओलीनिकट हुन् ।
संसद विघटन र नेकपा विवादमा बडालले ओलीका पक्षमा वकालत गर्दै आएका थिए ।
प्रतिक्रिया