महान्यायाधिवक्ता अग्नि खरेलले दिए पदबाट राजीनामा, फेरि राजनीतिमा सक्रिय

काठमाडौं : महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् ।

शुक्रवार अपरान्ह महान्याधिवक्ता कार्यालयमा पत्रकार सम्मेलन गरी खरेलले राजीनामा दिएका हुन् ।

‘राजीनामा गर्दा लुसुक्क किन गर्नेरु तपाईंहरूकै अगाडि फेस टु फेस गरेर, तपाईंहरूका पनि केही कुरा छन् भने सुनौं भन्ने हिसावले पत्रकार सम्मेलन नै गरेको हुँ,’ राजीनामा दिएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने।

उनले तुरून्त वकालतमा नफर्कने बताए। क्रियाशील राजनीति गर्ने संकेत उनको छ।

‘म राजनीतिक जीवनमा क्रियाशील हुन्छु,’ उनले भने।

प्रतिक्रिया

TOP