कोरोना खोप किन्न विश्व बैंकले नेपाललाई १ अर्ब ७० करोड ऋण सहायता दिने

काठमाडौं : कोरोना खोप र महामारीको प्रतिकार्यका लागि विश्व बैंकले नेपाललाई ७.५ करोड अमेरिकी डलर ९८ अर्ब ७० करोड रुपैयाँ० वित्तीय सहायता ९ऋण० प्रदान गर्ने भएको छ ।

विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशक बोर्डले यस्तो निर्णय गरेको हो ।

नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड-१९ विरुद्धका खोपहरुको समतामुलक वितरणमा सहयोग पुर्‍याउन अन्तर्राष्ट्रिय विकास संघ (आइडा)मार्फत नेपालले उक्त ऋण सहायता प्राप्त गर्ने भएको छ ।

यो वित्तीय सहयोगबाट नेपालले कम्तिमा एक तिहाई जनसंख्यामा खोप पुर्‍याउन सक्ने विश्व बैंकले जनाएको छ ।

कम्तिमा ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्वकांक्षी योजनालाई सघाउन विश्व बैंकले यो सहायता प्रदान गर्न लागेको माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले बताएका छन् ।

विश्व बैंकले गत चैतमा २.९ करोड अमेरिकी डलर (३ अर्ब ३० करोड रुपैयाँ) बराबरको कोभिड १९ आपतकालिन प्रतिकार्य र स्वास्थ्य तयारी मुल आयोजना तथा सरकारको समग्र कोभिड १९ प्रतिकार्यमा विकास साझेदारहरुको सुनिश्चित सहयोगको सन्दर्भमा टेकेर थप वित्त सहयोग गर्ने निर्णय भएको बैंकको भनाई छ ।

प्रतिक्रिया

TOP