खुल्यो सिंगटी हाइड्रको आइपीओ, १० कित्ता भरे पुग्ने

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आज शुक्रबारदेखि सर्वसाधारणमा प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन गरेको छ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २९ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो।

त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। बाँकि रहने २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुले आवेदन दिन सकिनेछन्।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पुर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सकिनेछ।

सो शेयर खरिदका लागि चैत १० गतेसम्ममा आवेदन दिनुपर्नेछ। त्यस अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा चैत २० गतेसम्म म्याद थप हुनेछ।

पछिल्लो समय आईपीओमा आवेदन गर्नेको संख्या १८ लाख नाघिसकेको छ। त्यस अनुसार कम्पनीको आईपीओमा पनि मागभन्दा बढी आवेदन पर्ने निश्चित छ।

धितोपत्र निष्काशन तथा निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले वितरण गर्दा २ लाख ६९ हजार ७०० जनालाई मात्रै १० कित्ताको दरले शेयर पाउने पक्का छ।

त्यसैले कम्पनीको आईपीओमा १० कित्ता आवेदन गरे पुग्ने देखिन्छ।

प्रतिक्रिया

TOP