
काठमाडौँ । जनता समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपाको अन्तरध्वंस नयाँ समाजवादी शक्ति निर्माणको नयाँ आधार बन्न सक्ने बताएका छन् ।
उनले फुटेका टुक्रालाई टेपले टाँसेर पुरानै बनाउनुभन्दा नयाँ समाजवादी ध्रुवीकरणतिर लाग्ने होकि पनि भनेका छन् ।
‘पुरानोको ध्वंस विना नयाँ निर्माण हुन्न, मार्क्सेली दर्शनले भन्छ,’ भट्टराईले ट्वीट गरेका छन्, ‘नेकपाको अन्तरध्वंस नयाँ समाजवादी शक्ति निर्माणको नयाँ आधार बन्न सक्छ ।’
‘अत : फुटेका हाँडीका टुक्राहरूको डम्फु बजाउनु वा तिनलाई टेपले टाँसेर पुरानै हाँडी बनाउने मिथ्या कोशिश गर्नुसट्टा नयाँ समाजवादी ध्रुवीकरणतिर लाग्ने हो कि ?’ भट्टराईले ट्वीट गरेका छन् ।
प्रतिक्रिया