
काठमाडौँ । सत्तारुढ नेकपा एमालेभित्र विवाद चर्किएको छ । अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल समूहबीच दूरी बढेको हो ।
विवाद बढिरहेकै बेला दुई दिने राष्ट्रिय भेला सम्पन्न गरको नेपाल समूहले किसान महासंघको भेला पनि डाकिसकेको छ ।
त्यस्तै आज प्रदेश २ का पार्टीका केन्द्रीय सदस्यहरुको भेला पनि नेपाल समूहले डाकेको छ । भेला वरिष्ठ नेता नेपालको घरमा हुँदैछ ।
ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न भएको भोलिपल्ट कोटेश्वरमा केन्द्रीय सदस्यको २ नम्बर प्रदेशस्तरीय छलफल राख्न लागिएको हो।
आज बिहान ११ बजे प्रदेश २ का केन्द्रीय सदस्यहरुको बैठक बस्नेछ ।
प्रतिक्रिया