इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर र आर्सनल क्वार्टरफाइनलमा

पेरिस : इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र आर्सनलले बिहीबार युरोपा लिगको क्वार्टरफाइनल यात्रा तय गरेका छन् ।

म्यानचेस्टरले पउल पोग्बाको निर्णायक गोलमा एसी मिलानलाई १-० ले हरायो ।

यससँगै म्यानचेस्टरले दुई लेगको खेलमा २-१ को अग्रता लियो । आर्सनल भने भाग्यमानी रह्यो । टोली ओलम्पियाकोजसँग १-० ले पराजित भएर पनि अन्तिम आठ पुग्न सफल रह्यो ।

आर्सनल समग्रमा ३-२ ले अगाडि रह्यो । अर्को प्रिमियर लिग क्लब टोटनहम भने डायनामो जागरेभसँग ३-० ले पराजित भएर प्रतियोगिताबाट बाहिरियो ।

पहिलो लेगमा २-० ले पराजित भएर पनि जागरेभ ३-२ ले अगाडि रह्यो ।

स्लाभिया प्राग, ग्रेनेडा, एएस रोमा, भिल्लारियल र आयाक्सले पनि क्वार्टरफाइनल यात्रा निश्चित गरेका छन् ।

प्रतिक्रिया

TOP