माधव नेपाल पक्षले डाक्यो किसान महासंघको भेला, के वामदेव पनि जाँदैछन् ?

काठमाडौं । दुई दिने राष्ट्रिय भेला सकेको नेकपा एमालेको माधव नेपाल समूहले किसान महासंघको भेला बोलाएको छ ।

आज शुक्रबार अखिल नेपाल किसान महासंघको भेला तय गरिएको बताइएको छ ।

केन्द्रीय सदस्य बलराम बास्कोटाले भेलामा महासंघका अध्यक्ष बामदेव गौतम पनि सहभागी हुने दाबी गरे ।

सर्वोच्चको आदेशसँगै ब्युँतिएको नेकपा एमालेको असन्तुष्ट समूहले आफ्नो पक्षको एकपछि अर्को भेला गरिरहेको छ ।

उता एमालेकै अध्यक्ष केपी शर्मा ओलीले भेला गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

TOP