
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका एकजना वडा सचिवलाई ४ लाख घूस रकमसहित पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर–३० का वडा सचिव भरतकुमार पोखरेललाई ४ लाख घूस रकमसहित पक्राउ गरिएको आयोगले जनाएको हो ।
सचिव पोखरेललाई आयोगको स्टिङ अपरेशन टिमले ज्ञानेश्वरस्थित वडा कार्यालयबाट पक्राउ गरेको आयोगका प्रवक्ता समेत रहेका सहसचिव नारायण प्रसाद रिसालले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएका हुन् ।
उनका अनुसार पोखरेलले निर्माण सम्पन्न गरेका ठेकेदारको भुक्तानी रोकेर घुस मागेका थिए ।
घुस रकम पोखरेलको दराजबाट बरामद गरिएको छ ।
प्रतिक्रिया