
काठमाडौँ : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका आधा दर्जन बढी सांसदले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएका छन् ।
आज वालुवाटारमा भएको संसदीय दलको बैठकमा माधव समूहका केही सांसदहरुले बहिस्कार गरे पनि १० जनाभन्दा बढी सांसदहरु बैठकमा सहभागिता जनाई पार्टी एकता तथा वर्तमान सरकारको निरन्तरतामा साथ दिएका छन् ।
यसअघि तथष्ट रहेका लालबाबू पण्डित र तुल्सा थापा पनि बालुवाटारमा पुगेका थिए । गंगा चौधरी, माया ज्ञावाली, सबिना हुसियन, गोपाल बम र बिष्णु शर्मा लगायत बिगतमा माधब नेपालले आफ्नो पक्षमा दाबी गरेका सांसदहरु बालुवाटार पुगेका थिए ।
बैठकले खनाल(नेपालसहित २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो।
बोर्डको प्रमुखमा दलका नेता ओली छन्। सदस्यहरूमा सुवास नेम्वाङ, विशाल भट्टराई र शान्ता चौधरी पदेन सदस्य बनाइएको छ।
त्यसबाहेक झलनाथ खनाल, माधवकुमार नेपाल, सुमन प्याकुरेल, बिमला राई, खिमलाल भट्टराई, राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, राजेन्द्र राई, रेखा झा शेरबहादुर तामाङ, छबिलाल विश्वकर्मा, रघुबीर महासेठ, नारदमणि राना, मोहन बाँनिया, भुपेन्द्र थापा, खेम लोहनी, सरिता न्यौपाने र बिमला बिक छन्।
बैठकले आगामी ७ गतेको बैठकमा पनि नआउनेलाई विधानअनुसार स्पष्टीकरण सोध्ने र आवश्यकताअनुसार कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय भएको छ । योसँग ओली पक्ष हैसियको छ । तर संसदीय दलको बैठकको फोटो पनि सार्वजनिक गरेको छ ।
प्रतिक्रिया