नेकपाले जनमत गुमाइसक्यो, अब ताजा जनादेशमा जानुपर्छ : सिंह (भिडियोसहित)

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको अवस्थामा मुलुकलाई निकास दिनका लागि कांग्रेसले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौं २९ घट्टेकुलोस्थित प्रहरी बिट उद्घाटन गर्दै नेता सिंहले वर्तमान अवस्थामा सरकारको नेतृत्व कांग्रेसले गर्नुपरेपनि पछि हट्न नहुने बताए ।

जनताले कम्युनिष्टलाई म्यान्डेड दिएपनि कम्युनिष्ट सरकार असफल देखिएको नेता सिंहको भनाई छ ।

उनले संविधान विरोधी र लोकतन्त्र विरोधी काम गर्ने प्रधानमन्त्री ओलीको सरकारलाई छिटो भन्दा छिटो हटाउनुपर्नेमा जोड दिए ।

५ बर्षको म्यान्डेड पाएको दलले सरकार चलाउन नसकेको वर्तमान अवस्थामा अर्को सरकार बनाएर बाकी समयमा निर्वाचनको तयारी गर्नुपर्ने आफूहरुको धारणा रहेको उनले बताए ।

https://youtu.be/6pZys7RRRsc

प्रतिक्रिया

TOP