काठमाडौंको मार्की खेलाडीमा राष्ट्रिय टीमका गोलकिपर विकेश कुथु अनुबन्धित

राष्ट्रिय फुटबल टिमका सदस्य तथा गोलकिपर विकेश कुथु मार्की खेलाडीको रुपमा फ्रेन्चाइज टिम काठमाडौं रेजर्स फुटबल क्लबमा अनुबन्धित भएका छन् ।

नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम काठमाडौंले बिहीबार विकेशलाई मार्की खेलाडीको रुपमा अनुबन्धित गरेको हो ।

यस्तै बालगोपाल महर्जनलाई काठमाडौंले मुख्य प्रशिक्षको रुपमा अनुबन्ध गरेको छ ।

काठमाडौं रेजर्सका कार्यकारी निर्देशक विज्ञानराज शर्माले विकेश र बालगोपालसँग सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौतापछि बोल्दै विकेशले मार्की खेलाडीको रुपमा अनुबन्ध भएकोमा आफु निकै खुसी भएको बताए ।

प्रशिक्षक महर्जनले टिमलाई राम्रो स्थानमा राख्ने आफ्नो लक्ष्य रहेको बताए ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया

TOP