नेपालको ओलीलाई चुनौति : ‘हटाउने हो भने हटाओस्, हामी तयार छौं’

काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु जुनसुकै कारवाही भोग्न तयार रहेको स्पष्ट पारेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले गुटगत भेला गर्नेलाई कारवाही गर्ने चेतावनी दिएपछि नेपालले आफूहरु कारवाही भोग्न तयार रहेको जवाफ दिएका हुन् ।

बुधबारदेखि जारी राष्ट्रिय कार्यकता भेलाको समापन समारोहलाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘हामीहरु कारवाही भोग्न तयार छौं । जस्तोसुकै कारवाही भएपनि होस् ।’

नेपालले स्थानीय तहका जनप्रतिनिधिहरुको पद खोस्न सम्भव नभएको बताए ।

उनले भने, स्थानीय जनप्रतिनिधिले स्वयं दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा मात्र पद जाने हो । अरु कसैले कारवाही गरेर केही हुँदैन ।’

प्रतिक्रिया

TOP