
काठमाडौं : नकपा अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा सहभागि हुन गएका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु बीच बाटोबाटै फर्किएका छन् ।
शीर्ष नेताबाहेक अरु नेता दलको बैठकमा जाने माधव नेपाल समुहको निर्णय अनुसार बालुवाटार हिडेका सांसदहरु फर्किएका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाइएको थियो।
स्थायी कमिटीका सदस्यबाहेकका सांसदहरु बालुवाटार जाने भनी हिँडेको भएपनि उनीहरु सिंहदरबारबाटै फर्किएका हुन्।
राष्ट्रिय भेलामा व्यस्त भएकाले बिहीबारका लागि बोलाइएको संसदीय दलको बैठकमा सहभागी हुन नसक्ने एमाले नेपाल समूहले बुधबार नै जनाएको थियो।
प्रधानमन्त्री ओलीले सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा बोलाइएका थिए।
प्रतिक्रिया