ओलीले मनको कुरा सबै भन्छु भनेका छन् : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीले फोन गरेर आफूसँग भेट गरेर मनका सबै कुरा भन्छु भनेको दाबी गरेका छन् ।

श्रीमती सीतासहित बुधबार सिन्धुली पुगेका दाहालले बिहीबार बिहान यस्तो दाबी गरेका हुन् ।

‘अस्ति बिहान केपीजीको फोन आयो, एकपल्ट कुरा गर्नुप¥यो कमरेड भनेर भन्नुभयो,’ उनले भने, ‘ मेरो मनका कुरा सबै तपाईँलाई भन्न चाहन्छु भन्नुभयो, तर मैले भेट्न मानिनँ ।’

दाहालले ओलीलाई मनको कुरा भन्न खुमलटार आउन निम्तो पनि दिए ।

प्रतिक्रिया

TOP