जसपाकाबाट निर्वाचित तीन वडा अध्यक्षलाई कारबाही, के अब पद नै जान्छ ?

काठमाडौँ : जनता समाजवादी पार्टी रुपन्देहीले लुम्बिनी सांस्कृतिक नगरपालिकामा पार्टीबाट निर्वाचित तीन जना वडाअध्यक्षलाई कारबाही गरेको छ । उसले पार्टीको अनुशासन विपरित काम गरेको भन्दै तीन जनालाई नै पार्टीबाटसमेत निष्काशीत गरेको हो ।

पाडा नं ३ का अध्यक्ष अकरामुद्दिन नाउ मुसलमान,वडा नं ६ का अध्यक्ष नैमूल हक मुसलमान, वडा नं ११ का अध्यक्ष अकरामुद्दिन मुसलमान र कार्यपालिका सदस्य अलरख मोहम्मद धुनियालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

चारै जनालाई पार्टीबाट निश्कासनको कारबाही गर्न जिल्ला समितिले पार्टीको प्रदेश समतिलाई सिफारिस गरेको पार्टीका रुपन्देही इन्चार्ज देवेन्द्र पाण्डे सागरले जानकारी दिए । जिल्लाको सिफारिस प्रदेश समितिमार्फत केन्द्रमा पुगेपछि निर्वाचन आयोगलाई जानकारी गराइने र आयोगले उनीहरूको पद खारेज हुने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया

TOP