चार छोराछोरीसहित आत्महत्या गर्ने सुकी बडुवालको पेटमा चार महिनाको गर्भ !

काठमाडौँ । दैलेखको आठबीस नगरपालिका–३ मा चार छोराछोरीसहित आत्महत्या गर्ने ३५ वर्षीया सुकी बडुवालको पेटमा चार महिनाको गर्भ रहेको खुलेको छ।

सुकीले गएको २३ फागुनमा चार छोराछोरीसहित कर्णाली नदीमा फाल हानेकी थिइन्। उनीहरु सबैको पानीमा डुबेर मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ। पोष्टमार्टम रिपोर्टले सुकीको पेटमा चार महिनाको गर्भसमेत देखिएको प्रहरीले जनाएको छ।

दैलेख जिल्ला अस्पतालमा मृतक सबैको पोस्टमार्टम गरिएको थियो। जिल्ला अस्पताल अछामका प्रमुख डा.अतुल भारद्वाजका अनुसार सुकीको पेटमा चार महिनाको गर्भ थियो।

गरिबी र पतिसँगको विवादको कारण सुकीले छोरीहरू १४ वर्षीया कल्पना, ११ वर्षीया सरिता, ५ वर्षकी रजनी र छोरा ८ वर्षीय छोरा ललितसँगै कर्णाली नदीमा हाम फालेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।

गर्भपतन गर्ने विषयमा सुकीको पति मानसिंहसँग विवाद हुँदै आएको स्थानीयले बताएका छन्। मानसिंहले सुकी परपुरुषसँग लागेको आरोप लगाउँदै आएका थिए।

प्रतिक्रिया

TOP