
काठमाडौँ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका विरुद्ध कसैले पनि छुट्टै भेला गर्न नपाउने बताएका छन् ।
उनले राष्ट्रिय भेलाको नाममा वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल पक्षले वितण्डा मच्चाएको आरोप लगाए ।
उनले एमाले भनेर एमालेका विरुद्ध गतिविधि गर्नुभन्दा त्यो भन्दा अलग्गै गतिविधि गरे राम्रो हुने पनि खनाल–नेपाललाई सुझाव दिए ।
उनले राजनीतिक करकापले नहुने भन्दै संगठनमा कसैलाई पनि जबरजस्ती नहुने बताए ।
उनले नेपाल समूह पार्टीबाट बाहिरिनै चाहेको हो भने उनीहरुलाई सजिलो हुनेगरी अध्यादेश ल्याइदिन पनि आफू तयार रहेको बताए ।
‘एमाले भनेर एमालेका विरुद्ध गतिविधि गर्नुभन्दा त्यो भन्दा अलग्गै गतिविधि गरे राम्रो होला नि । एमाले भएर गतिविधि गर्न पाइँदैन’, प्रधानमन्त्री ओलीले बुधबार राति एक अन्तरावार्ताका क्रममा भने, ‘छुट्टिन मन छ भने म सँग निवेदन हाले भयो नि । कानुन त्यस्तो ल्याइदेउ, सजिलो बनाइदेउ भनेर । हामी अलग हुन्छौं भने भो नि त ।’
प्रतिक्रिया