एजेन्सी : गुलाफको फूल कसलाई मन पर्दैन र ? प्रेम दर्साउने माध्यम मानिने गुलाफको फूलका फाइदा अनेक छन् भन्ने धेरैलाई थाहा नहुनसक्छ ।
गुलाफ फूलको पानी स्वास्थ्यका लागि निकै नै हीतकर मानिन्छ । त्यसमा त झन् गर्मी मौसममा यसको प्रयोग लाभकर हुन्छ ।
गर्मी आउने बित्तिकै हामीले छालाको ख्याल राख्नुपर्ने हुन्छ । छाला सुरक्षित राख्न गुलाफको पानी निकै फाइदाजनक छ ।
छाला ,कपालका साथसाथै गुलाफको पानी तनाव कम गर्न पनि प्रयोग गर्न सकिन्छ ।
गुलाफको पानी गर्मीमा छालामा पर्ने असर जस्तै सुख्खापन, थकान, बेचैनी कम गर्न उपयुक्त मानिन्छ ।
गुलाफको पानीले छालालाई नरम बनाइराख्नुका साथै आँखामा जलन भएको खण्डामा शीतलता प्रदान गर्न मदत गर्छ ।
गुलाफको पानी केवल कस्मेटिक उत्पादनहरु बनाउनका लागि मात्र प्रयोग गरिन्छ ।
तर यो धेरै घरेलु उपचारहरुमा पनि प्रभावकारी छ भन्ने कुरा धेरैलाई थाहा नहुनसक्छ । गुलाफको पानी दैनिक प्रयोग गर्दा स्फूर्ति महसुस गर्न सकिन्छ ।
गुलाफको पानीका फाइदा
घामबाट बचाउँछ
गर्मीमा कडा घामको कारण, छाला पोल्ने, छाला राता दागहरु देखा पर्ने समस्या उत्पन्न हुने गर्दछन् ।
यस्तो समस्या एलर्जी वा प्रतिरक्षा प्रणालीको कमजोरीका कारण देखा पर्दछ । यदि तपाई बाहिर निस्कनु भन्दा पहिले शरीरमा केही गुलाफको पानी लगाउनु भयो भने घामको असरबाट बच्न सकिन्छ ।
त्यो बाहेक अनुहार र शरीरको अन्य खुल्ला भागहरुमा गुलाफको पानीले सफा गर्न सकिन्छ ।
गुलाफको पानीले अनुहार र शरीरका अन्य भागहरुबाट फोहोर सफा गर्न सकिन्छ । यसको दैनिक प्रयोगले छाला पोल्ने र राता दागबाट राहत मिल्नुका साथै छालामा निखारता ल्याउने गर्दछ ।
पिम्पल्सबाट बचाउँछ
गुलाफको पानी प्राकृतिक एस्ट्रिन्जेन्टको रुपमा हाम्रो छालाको पिएच सन्तुलन बचाउँछ ।
यसले छालालाई हाइडे«ड राख्नुका साथै हाम्रो अनुहामा आउने अनावश्यक तेल हटाउन मद्धत गर्छ ।
साथै पिम्पल्स हुने ब्याक्टेरीयाको पनि रोक्ने काम गर्छ । यसले बिस्तारै बिस्तारै छालाको दाग हटाउने काम गर्छ ।
आँखामुनि कालो दाग हटाउन पनि गुलाफको पानीको प्रयोग गर्न सकिन्छ ।
कपालको लागि पनि फाइदाजनक
दैनिक रुपमा गुलाफको पानी कपालमा लगाउनाले कपाललाई सुन्दता प्रदान गर्ने गर्छ ।
यसले हाम्रो कपालमा जम्मा भएको अनावश्यक तेल हटाउन मद्धत गर्छ ।
गुलाफको पानीले कपालमा प्रर्याप्त मात्रामा पोषण प्रदान गर्दछ । जसले कपाल बढ्न मद्धत गर्छ
चायाबाट छुट्कारा पाउन पनि गुलाफको पानी धेरै प्रभावकारी साबित भएको छ ।