रहर हैन, बाध्यता आयो भने कांग्रेस सरकारमा जान्छ : रमेश लेखक

काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखकले कांग्रेसलाई सरकारमा जान रहर र हतार दुवै नभएको बताएका छन् । बुधबार रिपोर्टर्स क्लबमा बोल्दै नेता लेखकले बाध्यता आइपरे सरकारको नेतृत्व गर्न भने कांग्रेस जाने बताएका हुन् ।

‘सरकार हाम्रो रहर होइन। चाहना पनि होइन। तर, बाध्यता आयो भने सरकार दिन काँग्रेस तयार छ। परिस्थिति परिपक्व हुनुपर्छ। वातावरण सुनिश्चित हुनुपर्छ। काँग्रेसले हतार गर्दैन। काँग्रेसले परिस्थितिलाई सुक्ष्म रुपमा हेरेको छ। वातावरण सुनिश्चित भयो भने बनाउनुपर्छ,’ उनले भने।

प्रतिक्रिया

TOP