२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
नेपाल समूहका ४० सांसदलाई एकैपटक हटाउँदै ओली !
नेपालमञ्च संवाददाता
२०७७ चैत्र ५ बिहीबार
  •  
  •  
  •  
  •  

244

काठमाडौँ । नेकपा एमालेभित्रको विवाद चर्किएको छ । गत फागुन २८ गते एकल भेला गरेर पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले झलनाथ–माधव समूहलाई हटाएर आफ्ना निकटका नेतालाई पदाधिकारीमा ल्याएसँगै दूरी बढेको हो ।

अहिले पार्टीको विधान नै नभएको अवस्थामा पनि ओलीले नेपाल समूहका ४० सांसदलाई कारबाहीको तयारी गरेको बताइएको छ ।

ओलीको चियापान समारोहमा नगएको माधव नेपाल समूह हिजोदेखि काठमाडौँमै राष्ट्रिय भेला गरिरहेको छ ।

एमालेको ओली समूहले आजको लागि संसदीय दलको बैठक बोलाएको छ । तर नेपाल नजाने स्पष्ट पारिसकेको छ ।

फागुन २८ गते ओलीले आफू पक्षीय केन्द्रीय सदस्यको बैठक राखेर अध्यक्ष र महासचिव बाहेक अरु पद खारेज गरेका थिए ।

एमालेका १२० जना सांसदलाई पठाइएको सूचनामा ‘अनिवार्य उपस्थित हुन’ भनिएको छ ।

१२० सांसदमध्ये ४० जना नेपाल पक्षमा रहेको बताइएको छ ।

भेलासमेत विथोल्ने उद्देश्यका साथ ओलीले संसदीय दलको बैठक बोलाएको र उपस्थित नभएमा अनुशासनको कारबाही गर्ने तयारी गरिए पनि विधान नहुँदा ओली पक्ष अलमलमा परेको छ।

भर्खरै