एफएनसीसीआईको अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिको सल्लाहकारमा केसी नियुक्त

नेपाल-भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसी अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिमा सल्लाहकार नियुक्त भएका छन्।

उनलाइ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नियुक्त गरेका हुन्। नेपाल–भारत उद्योग वाणिज्य संघले उपाध्यक्ष केसीलाई बधाइ दिएको छ।

सुनिल केसी एक यूवा उद्यमी व्यवसायी हुन्।

नेपाल–भारत सम्बन्ध लगायत अन्तर्राष्ट्रिय कुटनैतिक सम्बन्धका बिषयमा जानकार व्यक्ति हुन्।

लामो समयदेखि आर्थिक कूटनीतिको क्षेत्रमा कार्य गर्दै आएका केसीले एशियन इन्ष्टिच्युट अफ डिप्लोमेसी एण्ड ईन्टरनेशनल अफेयर्स (आईडा)मा संस्थापक प्रमुखको रुपमा काम गरेका छन्।

उनी नेपाल तथा अन्तर्राष्ट्रिय कूटनीतिको क्षेत्रमा निरन्तर सकृय व्यक्ति हुन्।

प्रतिक्रिया

TOP