सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता सेयर जारी गर्दै, चुक्तापुँजी ४ अर्ब पुग्ने

काठमाडौं : सर्वोत्तम सिमेन्टले आइपीओ निष्काशन गर्न प्रकृया अगाडि बढाएको छ।

सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता शेयर निष्काशन गर्न लागि प्रक्रिया अगाडि बढाएको हो। बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रोजेको छ।

कम्पनीले बुधबार आइपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ भने एनआइविएल एस क्यापिटल र प्रभु क्यापिटललाई सह बिक्री प्रबन्धक नियुक्त गरेको छ।

कम्पनीले बुक विल्डिङको माध्यमबाट आइपीओ जारी गर्न लागेको हो ।

कम्पनीले बिक्री गर्न लागेको चुक्ता पूँजीको १५ प्रतिशत अर्थात ६० लाख कित्तामध्ये संंस्थागत लगानीकर्तालाई २४ लाख कित्ता, स्थानिय जिल्लावासीलाई ८ लाख कित्ता र बाँकी २८ लाख कित्ता सर्वसाधारणका लागि बिक्रीमा ल्याउने छ।

कम्पनीको अन्तरिक मूल्याँकन गर्दा कम्पनीले प्रतिकित्ता शेयरको मूल्य ७५० रुपैयाँ तोकेको छ ।

तर अन्तिम मूल्य भने संस्थागत योग्य लगानीकर्ताहरुद्धारा वोलकबोल विधिबाट निर्धारण हुने छ।

कम्पनीको विगत ३ वर्षंको औसत प्रतिशेयर आम्दानी ५२ रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको अन्तिमसम्ममा कम्पनीको रिजर्भमा २ अर्ब ३१ करोड रहेको कम्पनीले जनाएको छ।

आइपीओ जारी गर्नको लागि कम्पनीले इक्रा रेटिङबाट ट्रिपल बि रेटिङ्ग पाएको छ।

No description available.

प्रतिक्रिया

TOP