
काठमाडौं : नेकपा माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकार अल्पमतमा परेको छ ।
नेकपा एमालेले समर्थन फिर्ता लिएपछि सरकार संकटमा परेको हो ।
प्रदेश र संघीय निर्वाचनमा चुनावी गठबन्धन गरेर पछि पार्टी एकता गरेका एमाले र माओवादी केन्द्र सर्वाेच्च अदालतको फैसलापछि साविककै अवस्थामा फर्किएपछि विवाद चुलिएको थियो ।
६ प्रदेशमध्ये कर्णाली र सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा एमाले सहभागि सरकार गठन भएको थियो ।
प्रदेश एक, बागमति प्रदेश, गण्डकी र लुम्बिनीमा एमाले नेतृत्वको प्रदेश सरकार गठन भएको थियो ।
प्रदेश दुईमा जनता समाजवादी पार्टीको सरकार छ । नेकपामा रहँदा पनि पटकपटक कर्णाली सरकारविरुद्ध एमालेकातर्फबाट अविश्वासको प्रस्ताव दर्ता हुँदै आएको थियो ।
भोलिबाट लागू हुने गरी बुधबार केपी ओली नेतृत्वको एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमाले संसदीय दलको नेता यामलाल कँडेलले जानकारी दिए।
कँडेलका अनुसार सरकारलाई दिएको समर्थन फिर्तासँगै आफ्ना तीन जना मन्त्रीलाई समेत फिर्ता बोलाएको छ।
आज संसदीय दलको बैठकमा सांसदहरू यामलाल कँडेल, गुलावजंग शाह, पदमबहादुर रोकाया, खड्क खत्री, दानसिंह परियार, पल्मीक्वारी बोहोरा, राजु नेपाली, मिनासिंह रखाल, कौशिलावती खत्री र पद्ममा खड्का थिए।
प्रतिक्रिया