
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीकै कारण पार्टीमा वितण्डा मच्चिएको बताएका छन् ।
बुधबार एमालेको खनाल–नेपाल समूहले सानेपामा गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले पार्टीभित्र भएको विग्रह र वितण्डाको जिम्मा ओलीले नै लिनु पर्ने बताएका छन् ।
उनले ओलीकै कारण पार्टीमा वितण्डा मच्चिएको र पार्टी विभाजन र विसर्जनको दिशामा पुगेको आरोप लगाए ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीबाट ध्वस्त नहुँदै पार्टी र कम्युनिष्ट आन्दोलन एकतावद्ध बनाउन राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिएको बताएका छन् ।
नेता नेपालले पार्टीलाई फुट र विसर्जनमा जान नदिनका लागि भेलाको आयोजना गरिएको बताएका हुन् ।
उनले कम्युनिष्ट आन्दोलन र पार्टीमा निरन्तर लागिरहेका योद्धाहरु आफ्नो साथमा रहेको बताउँदै आफूहरु ध्वंस नभई निर्माण गर्न र पार्टीलाई एकतावद्ध बनाउने गरी अगाडि बढेको स्पष्ट पारे ।
‘हामीले जुन बाटो समातेका छौं, जुन हिसाबले पार्टीलाई अगाडि बढाउने सोचिरहेका छौं, यो ध्वंस गर्नका लागि होइन्, निर्माण गर्नका लागि हो’, उनले भने, ‘पार्टीलाई एकतावद्ध बनाउनका लागि हो । कम्युनिष्ट आन्दोलनको रक्षा गर्दै नयाँ उचाइमा पुर्याउनका लागि हो ।’
प्रतिक्रिया