एजेन्सी : हामीले धेरै वर्षदेखि ईदका दिन सलमान खानको फिल्म हेर्दै आइरहका छौँ । नहोस् पनि किन ? ईदकै दिन पारेर सलमानले आफ्ना चलचित्र रिलिज गर्दै आएका छन् ।
तर यो वर्ष भने उनका लागि उति खुसीको समय छैन । किनकि आउने ईदमा सलमानले जोन अब्राहमसँग टक्कर लिनुपर्नेछ । किनकि सलमानको फिल्मसँग जुध्ने गरी जोनको पनि फिल्म रिलिज डेट घोषणा भएको छ ।
अभिनेता अब्राहमको फिल्म सत्यमेवजयते २ को आज रिलिज मिति घोषणा गरिएको हो । चलचित्र इदकै दिन पारेर प्रदर्शनमा आउनेछ ।
सलमानको फिल्म राधे पनि यहि दिन रिलिज हुने पक्कापक्की छ । सलमानले आफ्नो फिल्म ‘राधे’ ‘योर मोस्ट वान्टेड भाइ’ भन्ने इस्टाग्राम पेजबाट ईदको दिन रिलिज हुने बताएका थिए ।
बलिउडका दुई सुपरस्टारको फिल्म जुध्ने भएपछि बक्स अफिसमा कसले बाजी मार्ला भन्ने कौतुहलता अहिलेदेखि नै सुरु भइसकेको छ ।
सत्यमेव जयते २ भन्दा पहिलो जोन अभिनित फिल्म मुम्बई सागा १९ मार्चमा रिलिज हुँदै छ। यो एक्सन थ्रिलर फिल्म हो ।
फिल्म निर्देशन संजय गुप्ताले गरेका छन् । फिल्म सत्य घटनामा आधारित रहेको छ