नेप्सेले सोध्यो निफ्रालाई स्पष्टिकरण, तीन दिनभित्र जवाफ दिन निर्देशन

काठमाडौं : नेपाल स्टक एस्सचेन्ज (नेप्से) ले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) सँग स्पष्टीकरण मागेको छ ।

विभिन्न सञ्चार माध्यममा आएका निफ्रासँग सम्बन्धित समाचारका विषयमा नेप्सेले स्पष्टीकरण मागेको हो ।

हालै मात्र केही सञ्चार माध्यमहरुमा निफ्राले ३ करोड डलरको बन्ड जारी गर्ने र लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने समाचार आएको थियो । उक्त विषयमा सत्यतथ्य प्रकाश पार्न नेप्सेले निफ्रालाई भनेको छ ।

यस्तै, रणनीतिक साझेदार भित्र्याउने विषयमा कोसँग के कस्तो छलफल भएको, इन्सुरेन्स कम्पनीहरुले खरिद गर्ने भनिएको इन्सुरेन्स बन्ड, कम्पनीको नाफाबाट १०% लाभांश वितरण गर्ने जस्ता धितोपत्र मूल्यमा प्रभाव पर्ने सम्वेदनशील सूचना प्रचार गर्नुको कारण स्पष्ट पार्न नेप्सेले निफ्रालाई निदेर्शन दिएको छ ।

नेप्सेले ३ दिन भित्र स्पष्टीकरण पेश गर्न निफ्रालाई निर्देशन दिएको हो ।

No description available.

प्रतिक्रिया

TOP