ओलीले मदन भण्डारी फाउण्डेशनका नाममा पार्टीमा गुट हावी गराउनुभयोः खनाल

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वले देशलाई दक्षिणपन्थी दिशातिर उन्मुख गराएको बताएका छन् ।

नेता खनालले ओलीको सरकारले पार्टी नीति, सिद्धान्तको पालना नगरेको दाबी गरे ।

बुधबार राष्ट्रिय कार्यकर्ता भेलाको अध्यक्षता ग्रहण गर्दै उनले ओली सरकारले ल्याएको तीन आर्थिक वर्षको बजेटका नीति तथा कार्यक्रमले पार्टीका नीति, कार्यक्रम प्रतिबिम्बित हुन नसकेको बताए ।

खनालले ओली स्वेछाचारी ढङ्गले अगाडि बढेको धारणा राखे । ओलीले पार्टीको घोषणा पत्रअनुसार काम अगाडि बढाउन नसकेको खनालले आरोप लगाए ।

खनालले २० को दशकबाट देशमा नेपाल कम्युनिष्ट पार्टीलाई पुनःगठन र एकीकरणको थालनी गरेको बताए।

एमाले र माओवादी केन्द्रको एकीकरणले ठूलो सफलता हासिल गरेपनि सोचे जस्तो परिणाम दिन नसकेको स्पष्ट पारे ।

उनले केपीको नेतृत्व दक्षिणपन्थी दिशातिर उन्मुख भएको आरोप लगाए । खनालले मदन भण्डारी फाउण्डेशनमार्फत कार्यक्रम गरेर ओलीले गुटबन्दी बनाएको धारणा राखे ।

उनले सर्वोच्च अदालतको रहस्यमय फैसलाले तीन वर्ष पछाडि पुगेर काम सम्पन्न गर्नुपर्ने अवस्था भएको धारणा राखे ।

उनी ओलीले केन्द्रीय कमिटीको बैठक राखेर पार्टीलाई अगाडि बढाउनुपर्नेमा बालुवाटारमा फाल्गुन २८ गते गुट बैठक गरेर एकलौटी निर्णय गरेको बताए ।

उनले आजको भेलाको छलफलबाट निस्किएको निचोडबाट अगाडि बढ्ने बताए ।

प्रतिक्रिया

TOP