ओलीलाई अष्टलक्ष्मी शाक्यको जवाफ : यो गुटको भेला होइन, तपाइँ पनि आउनूस्

नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफूहरुले आयोजना गरेको भेलामा उपस्थित हुन आग्रह गरेकी छन् ।

राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफूहरुले आयोजना गरेको भेला कुनै गुटको नभई पार्टीको भएको बताइन् ।

‘यहाँ आउने कोही डराउनु पर्दैन यो गुटको भेला होइन । यो एमालेको भेला हो । यो भेलामा महत्वपूर्ण सुझाव तयार हुनेछ’, उनले थपिन्, ‘प्रधानमन्त्रीको धम्कीसँग नडराउनू होला । २८ गते गुटको भेला गरेर अध्यक्ष महासचिव मात्रै राखेर हामी सबै पदाधिकारी हटाउने काम गुटको भेलाबाट भयो, यो कसरी सम्भव छ रु प्रधानमन्त्री ज्यू ! समय छ यो भेलामा आइदिनुस् ।’

प्रतिक्रिया

TOP