साथीहरुले सभापतिमा उठ्न सुझाएका छन्, म अलमलमा छु : नारायण खड्का

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले आसन्न महाधिवेशनमा कुन पदमा उम्मेदवारी दिने भन्नेमा निष्कर्शमा नपुगेको बताएका छन् ।

उनले आफूलाई सभापतिमा उम्मेदवारी दिन निकटवर्तीले सुझाव दिएको बताए।

तर आफू निर्णयमा पुगिनसकेको बताए ।

पूर्वमन्त्रीसमेत रहेका खड्काले महाधिवेशनको माहौल हेरेर निर्णय गर्ने बताए ।

‘शुभेच्छुक र कतिपय साथीले कांग्रेसको आसन्न महाधिवेशनमा मलाई सभापतिमा उठ्न सुझाइरहेका छन् । तर, म विचार, सिद्धान्त र नीतिमा विश्वास गर्छु, बोराका बोरा पैसा बाँड्न सक्दिनँ । त्यसैले सभापतिमा उठ्ने/नउठ्ने अलमलमै छु । तैपनि आगामी माहौल कस्तो बन्छ, धेरै कुरा त्यसैमा निर्भर छ,’ शिलापत्र अनलाइनसँगको कुराकानीमा उनले भने ।

प्रतिक्रिया

TOP