
काठमाडौं : काठमाडौंको मूलपानीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानीमा मिनी ट्रकले ठक्कर दिँदा काठमाडौं महानगरपालिका ६ घर भई चाँगुनारायण बस्ने २७ वर्षीय सुरज कुईंकेलको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते कुईँकेलको नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा उपचारको क्रममा मंगलबार साँझ नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मूलपानी भक्तपुर सडकखण्डमा बा५ख १८२ नम्बरको मिनी ट्रकले प्रदेश ३-०२-०१२ प ५८४२ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिएको थियो ।
ठक्कर दिने ट्रकसहित चालकलाई महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया